नेपाल  औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

पाेखरा | भदौ २, २०८१

नेपाल  औषधिगत बिक्री प्रबन्धक संगठन (पिन)पोखराको अध्यक्षमा निरोज खतिवडा

पोखरा:    नेपाल  औषधिगत बिक्री प्रबन्धक संगठन  पोखरा  पाँचौ इकाई  अधिबेशनले निरोज खतिवडाको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा शनिबार  सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा कार्यसमिति गठन गरेको हो ।


समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब  हिमाल पौडेल सह(सचिब  राजन बाबू ढुंगाना  र कोषाध्यक्षमा बिनाय श्रेष्ठ , सह (कोषाध्यक्षमा उत्तम सुबेदि चयन भएका छन्। यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ , रेशम बिष्ट चयन भएका छन ।


कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका  उपाध्यक्ष  डा। कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा , एन।एम ।एस ।आर।ए केन्द्रका महासचिव निरज पन्त  एन।एम ।एस ।आर।ए पोखरा इकाई  अध्यक्ष गोपाल बस्नेत साथै  नारायणगढ र लुम्बिनी  इकाई   प्रतिनिधिहरुको समेत उपस्तिथि  थियो ।कार्यक्रममा निबर्तमान अध्यक्ष  सन्तोष श्रेष्ठले सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए । 


यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले पुर्ब (अध्यक्षहरु प्रमोद ढकाललाई र  दशरथ पाण्डेलाई  संगठनको  सल्लाहकारमा नियुक्त गरेको छ। कार्यसमितिलाई सर्ब सहमत गराउन पहल गर्ने सबैलाई धन्यबाद दिदै संगठनका अध्यक्षले मनोनीत  सदस्यमा पहिलो पल्ट महिला सदस्य चयन भएको  खुसी ब्यक्ति गर्दै  मनोनीत सदस्यमा सदिक्षा अर्याल  चयन भएको जानकारी गराए ।  


समितिका पदाधिकारीहरुले आफ्नो नयाँ कार्यभार सम्हाल्दै बसेको बैठकबाट  अब अझै  ससक्त रुपमा औषधि र बिक्री बितरण , प्रबर्द्धन  सम्बन्धि  समस्याहरुको समाधानको निम्ति लागीरहने जानकारी दिए ।
 

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्